महोत्तरीमा बसकाे ठक्कर बाट एकै परिवारका तीनजनाको मृत्यु

महोत्तरी | बैशाख ६, २०८०

महोत्तरीमा बसकाे ठक्कर बाट एकै परिवारका तीनजनाको मृत्यु

जनकपुरधाम:   महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।

 

बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।

 

मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा परेर सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो ।

 

बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्